तनहुँ भिमाद नगरपालिका वडा नं ९ मोहरीया टोलमा आईतबार रुखबाट लडी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० बर्षय तुलबिर थापा रहेको प्रहरी नायव उपरीक्षक९मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । थापा रुखमा चढि घास काट्ने क्रममा अचानक रुखबाट लडी घाईते भई उपचारको लागी फिस्टेल अस्पताल पोखरा लगेकोमा प्रारम्भिक उपचार पश्चाय थप उपचारको लागी मणिपाल अस्पताल पोखरा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
