तनहुँ समाज हबकबले एक ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको भानु नगरपालिका–१३ पोखरीछाप निवासी ५२ वर्षीया क्यान्सर पीडित जमुना गुरुबलाई आर्थिक सहयोग गरेको हो । गुरुबलाई नगद रु ३ लाख ७५ हजार सहयोग गरिएको हो । सोमबार दमौलीमा समाजका पूर्व अध्यक्षहरु जंग थापा र भीमराज गुरुबले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्दै प्राप्त रकमको सदुपयोग गर्न अनुरोध गरे । १ वर्षदेखि क्यान्सरबाट ग्रसित भइ उपचारको क्रममा रहेकी गुरुबलाई विभिन्न सिलसिलमा हबकब पुगेका ५७ जना तनहुँङ्गेबाट संकलन गरिएको २१ हजार २ सय ५४ हबकब डलर हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुबले जानकारी दिए । पीडित परिवारबाट सहयोगको याचना भएपछी आफ्नै संयोजकत्वमा आर्थिक संकलन गरिएको उनले बताए । सहयोग रकम हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष थापाले विभिन्न रोगको सिकार बनेकाहरुको घाउमा मलम लगाउन पाउदा खुशी मिलेको बताए । उनले भने हामीले समाज सेवा गर्न संस्था सुरु गरेका हौंँ क्षमता अनुसार निरन्तर सहयोग गरिरहनेछौँ । साथै पीडित परिवारले वडा कार्यालयको सिफारिस सहित सहयोगको याचना गरेपछी सोही अनुसार रकम संकलन अभियान थालिदै आएको उनले जानकारी दिए । तनहुँ समाज हबकबले हालसम्म ८ जना मृगौला पीडित, एक जना मुटु रोगी, करेण्ट लागेर हात गुमाएका एक जनालाई र एक जना क्यान्सर पीडितलाई गरि लाखौं सहयोग गरिसकेको छ ।
यसका साथै विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि समाजले सहयोग गर्दै आएको छ । ०७२ सालको भुकम्प पश्चात जिल्ला विपत् कोषलाई ३ लाख ५० हजार र २४ वटा विद्यालयलाई जस्तापाता तथा नगद गरि १२ लाख भन्दा बढी आर्थिक सहयोग गरेको थियो । त्यस्तै ऋषिबका पहिरो पीडित परिवारलाई २ लाख ६४ हजार आर्थिक सहयोग गरेको बताइएको छ । समाजले जिल्लाको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा पनि ठुलो आर्थिक सहयोग गर्दै आएको छ । भिमाद–४, साराडाँडा स्थित खानेपानी आयोजनालाई ३ लाख ८७ हजार, शुक्लागण्डकी नगरपालिका थप्रेकमा
खानेपानीलाई ३ लाख र क्यामिन कोटथोकमा खानेपानी आयोजनालाई ५ लाख आर्थिक सहयोग गरेको समाजका पूर्व अध्यक्ष गुरुबले बताए । त्यस्तै गरी समाजले कोभिड संक्रमणका बेला तनहुँका १० वटै स्थानीय तहलाई नगद रु १५÷१५ हजार र व्यास नगर कोभिड अस्पताललाई २ लाख सहयोग गरेको थियो । भानु जन्मस्थलमा तनहुँ समाज हबकब पुस्कालय निर्माणमा ५ लाख, प्रत्येक वर्ष तनहुँका १० वटा विद्यालयमा अध्ययनरत बहु आपंगता भएका बालबालिकालाई निरन्तर ७ वर्षदेखि सहयोग गरेको पनि समाजले जानकारी दियो । कोभिडका कारण केही वर्ष रोकिएको उक्त कार्यक्रम यसै वर्षबाट सुरु
हुने समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए । साथै यस वर्षबाट भानुको पुर्कोट स्थित चण्डिका बाल गृहलाई पनि सहयोग गर्ने योजना बनाइएको उनले बताए ।
समाजले तनहुँ समाज हबकब युवा पत्रकारिता पुस्कार स्थापना गरी प्रत्येक वर्षजिल्लामा क्रियाशिल २ जना पत्रकारलाई सम्मान पनि गर्दै आएको छ भने नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि पनि ७० हजार सहयोग गरेको काफ्लेले जानकारी दिए । बिगत १० वर्ष देखि जिल्लाको विभिन्न क्षेत्रमा सघाउदै आएको समाजले पहिलो पटक तनहुँका प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही र ढोर बाराहीमा एक एक थान घण्टी हस्तान्तरण गरेको थियो ।
तनहुँ समाज हङकङका पूर्व अध्यक्षहरुको सहयोग
केही समय अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार सागर गिरीलाई तनहुँ समाज हङकङका पूर्व अध्यक्षहरुले आर्थिक सहयोग गरेका छन् । उनीहरुले गिरीको उपचारार्थ नगद रु ५ हजार सहयोग गरेका हुन् । समाजका पूर्व अध्यक्षहरु जंग थापा र भीमराज गुरुङले सहयोग गरेका हुन्। समाजको तर्फबाट ब्लड क्यान्सर पीडित महिलालाई सहयोग रकम हस्तान्तरण गर्न दमौली आएका उनीहरुले पत्रकार गिरीको अवस्थाबारे जानकारी पाएपछी तत्कालै सहयोग गरेका हुन् । उनीहरुले उक्त सहयोग रकम नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य श्री हरि पौडेललाई हस्तान्तरण गरेका हुन् ।
