तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्बी राजमार्गमा अबैध लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला धादिङ, निलकण्ठ नगरपालिका वडा नं ७ सुनौला बजार बस्ने २२ बर्षय कृष्ण बहादुर खड्का रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जनाकारी दिनुभयो । मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना ४ ख ६३५६ नं को यात्रु वाहक बस रोकी चेकजाँच गर्ने क्रममा खड्को निलो झोला भित्र लुकाई राखेको अवस्थाको ६ केजी अवैध लागु औषध गाँजा फेला परेको हो । निजलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई लागु औषध गाँजा मुद्दामा दिन छ को म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।