तनहुँको आबुखैरेनी–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सल्यान स्थायी घर भएका अन्दाजी बर्षीय २५ का खेमराज चलाउनेको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । ३ क ३९७४ नम्बरको एक्साभेटर आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनको लागि २२० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको हो । स्काभेटर चालक जिल्ला चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।