काठमाडौँ ।मदन राईविरुद्ध यौन दुव्र्यवहारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग दायर गरेको हो । आज सोमबार बयान गराएर थुनछेक बहस हुनेछ । राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ ९क०, ९ग० ९ङ० अन्तरगतको कसुर गरेको आरोप छ । बाल यौन दुव्र्यवहारको कसुरमा दफा ६७, दफा ७२ र ७५ को ३ ९ख० अनुसार सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ । यी कसुरमा ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । फाउण्डेसनमा अध्ययन गरेकी बालिकाले उनीमाथि यौन दुव्र्यवहारको आरोपमा जाहेरी दिएकी थिइन् ।