१६ औँ गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई कैद मिनाहा गरिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेहरुमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्दामा आषिश आले र कर्तव्य ज्यान मुद्दाका सुन्दर परियार रहेको कारागारका प्रमुख नारायणप्रसाद अधिकारीले जनाकारी दिनुभयो । उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था रहेकोले कैद मिनाहा गरिएको अधिकारीले बताउनु भयो । कैद मिनाहा भएकाहरुको आफन्तासँग घर पठाइएको छ ।