तनहुँको बन्दिपुर गाँउपालिका–३ की सुनिता पौडेलको आन्द्रा र पाठेघरको क्यान्सरबाट पीडित हुन् । बिगत १४ महिना देखि क्यान्सरबाट ग्रसित पौडेलले अहिले सम्म ६ पटक किमो चढाइसकेकी छन् । आफ्नो घर जग्गा बैंकमा धितो राखेर निकालेको पैसा पनि उपचार गर्दा सकिएको तर पनि रोग नभएको र थप उपचार गर्ने नसकेको पौडेलले बताएकि थिईन् । पत्रकार मनोज कुमार श्रेष्ठको समन्यमा विभिन्न व्यक्ति,संघसंस्था देखि देश बिदेशमा रहेका दाजुभाईहरुबाट रु चार लाख भन्दा बढी आर्थिक सहयोग जुटाउन सफल भएको छ । श्रेष्ठले आफै अस्पतालमा लगेर अहिले थप उपचारको लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गदै छिन् । उनको कोखबाट १४ महिना अघि छोरा जन्मिएका छन् । क्यान्सर भएको पुष्टि भएपछि त्यसपछि बालकले आमाको दुधबाट समेत बञ्चित हुदै आएको छ ।
