तनहुँ म्याग्दे गाउँपालिका वडा नं ६ अकलामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षय बिमल थापा रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । थापा घर देखी १ कि मि उत्तर तर्फ रहेको भब्बियोको रूखमा चढी घाँस काट्ने क्रममा अचानक करेन्ट लागेको हो । निजलाई उपचारको लागी जि पि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँ पठाएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भईरहेको छ ।
