तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबैध लागू औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं ४ गुरुङटार बस्ने २० बर्षय पुर्ण कुमार श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जनाकारी दिए । मुग्लिङबाट आबुँखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नं को बस रोकी चेकजाँच क्रममा डाईजेपाम ४८ एम्पुल, फेनेरागन ४८ एम्पुल र नुफिन ४८ एम्पुल गरी जम्मा १४४ एम्पुल लागु औषध फेला हो । निजलाई तनहुँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।
