प्रधानाध्यापकले विधार्थीलाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । तनहुँ जिल्ला भानु नगरपालिका वडा नं १३ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाहले छात्रा माथि दुव्र्यवहार गरेपछि मंगलबार प्रहरीमा जाहेरी दर्ता गरिएको छ । उक्त विद्यालयमा अध्ययनरत तीन छात्राले आफुमाथि शारीरिक दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका हुन् । प्रधानाध्यापक शैलेन्द्र कुमार शाहलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएर प्राराम्भिक अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । पीडितका परिवारले जाहेरी दिएपछि बालयौन दुव्र्यवहार मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया जारी रहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । पीडित छात्राहरुले प्रअ शाहले आफुहरुको संबेदनशील अंगहरुमा छुने कार्य गर्ने गरेको बताएका छन् । परीक्षामा फेल गरिदिने डरले तत्कालै प्रतिकार गर्न नसकेपनि अग्रज दिदीहरु माथि पनि यस्ता दुव्र्यवहारका घट्ना हुने गरेको खुलसा भएपछि आफुहरुमा घट्नाको पर्दाफास गर्न आँट आएको बताएका छन् । आफुहरु पीडित भएपनि आउँदा दिनमा छात्राहरुमा यस्ता घट्ना नघटुन र दुव्र्यवहारको शिकार बन्न नपरोस भनेर सार्वजनिक गर्न कस्सिएर लागेको उनीहरुले संचारकर्मी समक्ष बताएका थिए ।
