तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाहलाई छात्रालाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहलाई सोमबार प्रहरीले प्राराम्भिक सोधपुछ गरी अनुसन्धान गरेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । पीडित छात्राको तर्फबाट लिखित जाहेरी नआएकोले जाहेरी आएपछि थप अनुसन्धान गरी प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उक्त विद्यालयमा शाह विगत लामो समयदेखि प्रधानाध्यापक भई कार्यभार सम्हालेर विद्यालयको शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेलेको सो विद्यालय प्रशासनले जनाएको छ ।