लामो समय देखि व्यास नगरपालिका–७ निवासी रन्जना परियार मृर्गौला पीडित हुन् । ३४ बर्षीय रन्जना परियारलाई आर्थिक सहयोग गरेका छन् ।रन्जनालाई परियार सेवा समाज जिल्ला कार्य समिति र विभिन्न व्यक्तिसंग आर्थिक संकलन गरी जम्मा भएको रु दश हजार एक सय सहयोग गरिएको हो । आर्थिक अवस्था नाजुक रहेकी परियारको उपचारको लागि रकम संकलन गरी सहयोग गरिएको समाजका अध्यक्ष गणेश गोतामेले जानकारी दिनुभयो । कार्यक्रममा समितिका पदाधिकारी सल्लाहकार भेगराज परियार,सचिव बुद्ध परियार, कोषाध्यक्ष लक्ष्मी परियार लगायतका टोलीले मृर्गौला पीडित परियारलाई सहयोग गरेका थिए ।