तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग लागू औषध सहित पक्राउ एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका वडा नं ६ चिसापानी बस्ने ३३ वर्षय अन्तिम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ३९६१ नं को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा गुरुङले निलो पोलिथिनको झोला भित्र लुकाई छिपाई राखेको डेजेपाम ४० एम्पुल, प्यारागन ४० एम्पुल र नोफेन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागू औषध फेला पारेको हो । निजलाई तनहूँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
