जवरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ ब्यास न पा वडा नं २ उत्तरशिला बस्ने बर्ष ४८ को बिनोद शाक्य रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । शाक्य पाँच बर्ष कैद भई फरार रहेका अवस्थामा खोजतलास गर्ने क्रममा बुधबार घर वतनमा नै फेला परेको हो । निजलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी तनहुँ कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ ।
