तनहुँ ब्यास नगरपालिका वडा नं ८ रिस्ती स्थित बेलथुम्कीमा भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा ३५ वर्षय गोरे कामी रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । कामी आफ्नै पाखो बारीमा बादरले मकै खाएको भनी लखेट्न जादाँ बादर नभई भालु रहेको र सो भालुले आक्रमण गरेको हो । निजलाई उपचारको लागि दमौली अस्पताल ल्याएको निधारको भाग काटेको र बायाँ खुट्टाको साप्रामा दाँत गाडीएकोले गहिरो चोट रहेकोले थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
