तनहुँको म्याग्दे गाउपालिकामा चोरी गदै आएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार तनहुँको म्याग्दे गाउपालिका वडा नं १ रुमादी स्थित शिव कुमार श्रेष्ठको घरको बन्द तला चाबी फोरी तामाको गाग्री चरेशका थाल कचौरा समेतको भाडा बर्तन चोरी भएको थियो । सोही राती म्याग्दे गाउपालिका वडा नं १ ठुलोढापमा बस्ने लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद रु ४६,०६० चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा तनहुँ म्याग्दे गाउपालिका वडा नं।१ पाचधारे स्थायी घर भई ब्यास नपा वडा नं ५ बरबोटे बस्ने २४ बर्षय समिर थापा मगर र म्याग्दे गाँउपालिका वडा नं१ दमुङ रुमादी बस्ने २३ बर्षय दुर्ग बहादुर बि कलाई तामा सामाग्री तथा नगद रुपैया सहित पक्राउ गरिएको प्रहरी निरीक्षक राजकुमार बि कले जनाकारी दिनुभयो । पक्राउ पर्नेहरुलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
