तनहुँ आबुखैरेनी गाँउपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्गमा लागू औषध सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहट ईशनाथ नगरपालिका वडा नं ३ बस्ने २०बर्षय को अरुण पटेल ,चितवन ईच्छाकामना गाउपालिका वडा नं ६ पाचकिलो बस्ने ५० बर्षय पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउपालिका वडा नं ४ आमबेसी डाडा बस्ने ४२ बर्षय माया गुरुङ रहेको प्रहरी निरीक्षक राजकुमार बि कले जनाकारी दिनुभयो । चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न को बस रोकी चेकजाँच गर्ने क्रममा पटेलले पछाडी भिर्ने झोलाबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल फेला परेको हो । साथै गुरुङले गाडीको डिक्किमा राखेको २ वटा लगेज ब्याग र एक जेब्रा झोलामा २४ के जिगाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धन भइरहेको छ ।
