तनहुँ व्यास नगरपालिका वडा नं ९ गजौडेमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गजौडे बस्ने ५९ वर्षय सुरेश कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बि कले जनाकारी दिनुभयो । गुरुङ हराएको भनी तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी आए पश्चात तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत फेला नपरेका निजलाई विहिबार वनमा मृत्यु अवस्थामा भटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।