तनहुँको बन्दिपुर गाउँपालिका ५,स्थित याम्पा आँधिखोलामा ट्रक घरमा ठोक्किदा ८ जना घाइते भएका छन् ।घाइते हुनेमा स्थानीय आयुस भुजेल, आयुसा भुजेल, चेत बहादुर घर्ती, सनबहादुर भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका तनहुँ प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । डुम्रेबाट मुस्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्कियो हो ।घाइतेहरूलाई हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भईरहेको र घटनाको बिषयलाई लिएर राजमार्ग सडक पूर्ण रुपमा बन्द रहेको, उक्त बाटो खुलाउनको लागी आवश्यक पहल भईरहेको प्रहरीले जनाएको छ ।