राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालकको निधन भएको छ ।
मंगलबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा लामिछानेका निजी चालक दिलबहादुर थापाको निधन भएको हो । चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए ।
छतबाट खसेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।
४ वैशाखको राति छतबाट खसेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि थापालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो ।