तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा स्थित चुईकुना होटल ऐण्ड रेष्टुरेन्टमा लागु औषध सहित तिन जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं ३० बस्ने ४४ वर्षय चन्द्र बहादुर गुरूङ, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं २ कोत्रे बस्ने ३५ वर्षय सुरज गरूङ र वडा नं ४ दुलेगौडा बस्ने ३४ बर्षय खिम नारायण श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । निजहरुले साथमा लुकाई ल्याएको झोला भित्र लागु औषध डाईजापाम ४३ एम्पुल,फेनारागन ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल लागु औषध र जम्मा नगद रू११,०००९एघार हजार रुपैया फेला परेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको खाँणले बताए ।
अबैध लागू औषध गाँजा श्रेष्ठ पक्राउ
तनहुँ आबुखैरेनी गाँउपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले अबैध लागू औषध गाँजा सहित एक जना पक्राउ गरेको छ । मुग्लिङबाट आबुखैरेनी तर्फ आउदै गरेको ग २ ख ६१२ न को बस रोकी चेकजाँच गर्ने क्रममा अबैध लागू औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । लमजुङ राईनाश न पा वडा नं ८ घर बताउने २५ बर्षय सरोज श्रेष्ठले झोलामा लुकाई ल्याएको १० किलो ८७५ ग्राम लागु औषध गाँजा फेला परेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । निज लाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई थप भई अनुसन्धान कार्य भईरहेको खाँणले बताए ।