तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनीटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी लागूऔषध सहित एक जान पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका वडा नं ९ बुच्चखानी बस्ने २२बर्षय विबस गुरुङ रहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । बिरगन्जबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९९४६ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा लागूऔषध प्रहरीले बरामत गरेको हो । निजले ल्याएको कार्टुनबाट NITRAVET-10 लेखेको २२ वटा पत्तामा जम्मा ६६० ट्याब्लेट र अर्को पत्तामा १५ वडा ट्याब्लेट गरी जम्मा ६७५ वटा ट्याब्लेट फेला पारी उक्त लागु औषध फेला परेका प्रहरीले जनाएको छ । गुरुङलाई नियन्त्रणमा लिई तनहूँ जिल्ला अदालतबाट दिन १० दश को म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।