यो २०२९ सालको घट्ना शुक्लागण्डकी नगरपालिका– ८ गुर्दुम ढोरफिर्दी निवासी केशे दमाईले स्थानीय एक महिलालाई जबरजस्ती करणी पश्चात फरार रहे ।

तनहुँ जिल्ला अदालतले फरार प्रतिबादीका सूचीमा रहेका केशे दमाईलाई खोजतलासको लागि प्रहरीलाई पत्रचार गर्यो । त्यतिबेला फरार प्रतिबादीको मृत्यु भैसकेको थियो । सोही क्रममा केशे दमाईका दाजु ६७ बर्षीय बुदे दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विसं २०७७ चैत्र २८ गते दाजु केशे दमाईलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्वा चलाएको हो । केशे दमाई भन्ने बुदे दमाई उही व्यक्ति भएको भन्दै दोषी ठहराई मुद्वा चलाएको बताइएको छ ।
इन्सेक पोखराका संयोजक शिव खकुरेल सहितको टोलीले तनहुँ कारागार अनुगमन तथा कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण कार्यक्रमका क्रममा कैद जीवन बिताइरहेका रहेका निज दमाईले आफ्ना गुनासा प्रस्तुत गरेका हुन् ।
छ बर्ष कैद सजायँ पाएका निज दमाईले तीन बर्ष भुक्तान गरिसकेका छन् । गल्ती भाईले गर्ने सजायँ मैले भोग्नु प¥यो भन्दै आफ्ना कुरा संम्बन्धित निकायमा राखिदिन आग्रह गरेका हुन् ।
भाईको मृत्यु भएपछि मृत्यु दर्ता गरेको छु । बाह्र घर जोतेर बाह्र ठाउँमा टालेको कपडा लगाएर जीविकोपार्जन गर्दै आएको म सुकुम्वासीको उद्वार गरिदिन उहाँले मानवअधिकारबादी समक्ष अनुरोध गरेका थिए ।
जिल्ला न्यायधिश अनुगमन गर्न आउने क्रमममा पनि निज बुदे दमाई आफ्ना कुरा पटक पटक राख्नुभएको तनहुँ कारागारका निमित्त कारागार प्रशासन प्रमुख नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
केशे दमाई भन्ने बुद्धे दमाई भन्ने एउटै व्यक्ति खुलेको भन्दै प्रहरीले निजलाई अदालतमा उपस्थित गराएपछि अदालतले कैदको लागि थुनामा पठाएको उनले बताए ।
निज व्यक्ति दोषी होइन भनेर प्रमाण जुटाउन नसकेका कारण हुनसक्छ अदालतले अर्को आदेश पठाएको छैन् । कारागार अनुगमनका क्रममा उच्च अदालतले गैरकानुनी थुनामा रहेका व्यक्तिलाई छाड्नेसम्मको अधिकार हुने हुँदा मिसिल हेर्दा त्यस्तो नखुलेर नआएका कारण निज नै दोषी हो भनेर राखिरहेका छौ,उनले भने,‘अदालतबाट छाड्ने परिपत्र नआएसम्म छाड्न मिल्दैन् ।’