जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बुधबार दमौलीमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । उपभोक्ताको हक सुनिश्चित गर्नका लागि व्यवसायी,उपभोक्ता र नियमनकारी निकाय तीन वर्टै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । यसका लागि सर्वप्रथम उपभोक्तामा जनचेतनामूलक कार्यक्रम आवश्यक भएको वक्ताहरुले बताएका थिए । चाडपर्वको समयमा मात्रै बजार अनुगमन गर्ने गरिएकोले अन्य समयमा पनि अनुगमन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो । बस्तु खरीद गर्दा उपभोक्ताले सामाग्रीको मूल्य हेर्ने,म्याद सकिए नसकिएको हेर्ने,सामान खरीद गरिसकेपछि आफुले तिरे बराबरको बिल माग्ने लगायतका कार्यमा सचेत बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जानकारी दिए । उपभोक्ता मात्रै नभई व्यवसायी र अनुगमन गर्ने निकाय पनि उत्तिकै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।