पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको आबुखैरेनी गाउँपालिका–४ पुलजिपबाट रु ४९ हजार पाँच सयको साथमा दुई थान मोबाइल र लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका–१८ निवासी १८ बर्षीय बिशाल सराव र चितवन भरतपुर महानगरपालिका–१२ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–१५ मितेरीगाउँ बस्ने ४४ बर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । बीरगंजबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख २५४९ नम्बरको बस इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले सवारीसाधान चेकचाँज गर्ने क्रममा निजलाई पक्राउ गरेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभएको छ । दुवै जनालाई बरामद लागुऔषध सहित मंगलबार तनहूँ जिल्ला अदालत उपस्थित गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।