म्याग्दे गाँउपालिकाको पशुसेवा शाखा अन्र्तगत आर्थिक वर्ष ०७९।०८० को स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायिक कृषक तथा फर्महरुमध्ये ३७ जना व्यवसायिक कृषकलाई अनुदानका लागी छनौट भएका छन् । पशुशाखामा अनुदानका लागी माग गरिएको कृषकहरुको प्रस्तावको अध्ययन र फिल्ड अनुगमनवाट १२२ जना कुल कृषकहरु मध्येवाट ३७ जना कृषक अनुदानका लागी छनौट भएका हुन् । जस अन्र्तगत गाई÷भैसी गोठ सुधार कार्यक्रम अन्र्तगत असिम भैसी फर्म, शितल कृषि तथा पशु फर्म, नमुना कृषि तथा पशु फर्म छनौट भएका छन भने यस कार्यक्रम अन्र्तगत कृषकले २० हजारको दरले अनुदान पाउने छन् । लोकल कुखुरा खोर सुधार कार्यक्रम अन्र्तगत गार्डेन एग्रिकल्चर एण्ड वर्डहोम फर्म, सिद्धवाराही कृषि तथा पशु फर्म, सुनिता कृषि तथा पशु फर्म र नमुना कुखुरा फर्म गरि कुल ४ जना कृषकले २० हजारका दरले अनुदान पाउने छन् ।
त्यस्तै नश्ल सुधारका लागी प्रजनन वोका (वोयर क्रसं वितरण कार्यक्रम अन्र्तगत जामुने कृषि तथा पशु फर्म, भुसाल कृषि तथा पशु फर्म, वसुन्धरा पशुपंक्षि फर्म, मगर एग्रि फर्म, विष्णु कृषि तथा पशु फर्म, निगम वाख्रा फर्म, एस.के. फर्म, लाफा वाख्रा फर्म र दुवुङ कृषि तथा पशु फर्म गरि ९ वटा फर्म ले १÷१ थान वोका अनुदान पाउने छन् । मासु पसल सुधार कार्यक्रम अन्र्तगत ज्योति फ्रेस हाउसले २५ हजार अनुदान पाउने पालिकाले जनाएको छ । यसैगरि चाप कटर वितरण कार्यक्रम अन्तरगत वास्वाँरा कृषि तथा पशु फर्म, मल्ल कृषि तथा पशु फर्म, वेलटार गौ पालनले १÷१ वटा चाप कटर पाउनेछन् भने वाख्रा खोर सुधार कार्यक्रम अन्तरगत जगनपुर कृषि तथा पशु फर्म, कृष पशु फर्म, संगिता कृषि तथा पशु फर्म, ठकुरी वाख्रा फर्म, घरेडी वाख्रा फर्म, गुरुङ कृषि तथा पशु फर्म, मन्धरा कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म र जीवन ज्योति कृषि तथा पशु फर्मले जनही २० हजारका दरले अनुदान पाउने छन् ।
वंगुर खोर सुधार कार्यक्रम अन्तरगत सकल कृषि तथा पशु फर्म, गंगटे कृषि तथा पशु फर्म, हिमचुली कृषि तथा पशु फर्म, हिमचुली कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म, दिक्षा वंगुर फर्म, सौजन कृषि तथा पशु फर्म र उषा कृषि तथा पशु फर्मले जनही २० हजारको दरले अनुदान पाउने भएका छन् । छनौट भएको ३७ वटा व्यवसायिक कृषकले अनुदानका लागी १५ दिनभित्र पशु शाखामा सम्झौता गर्नुपर्ने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।