विसं२०६१ असोज १५ गते बस दुर्घटनामा चार जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएपछि फरार रहेका चालक १८ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–३ सोतिपसल बस्ने ४० बर्षीय अमृतलाल बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । ग १ ख ११०४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा स्याम्घा–६ बस्ने ४६ बर्षय मधुमाया बि क समेत चार जनाको घटनास्थलमा नै मृत्यु भएको थिए । लमजुङको सोतिपसलबाट दमौलीतर्फ आउँदै गरेको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल पल्टिई दुर्घटना भएको थियो । बिकलाई सोमबार तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भईरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।