पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन कोत्रे सडकखण्डमा सडक निर्माण कार्य समेत भइरहेकोले सवारी दुर्घटना बढ्दै गइरहेकाले साप्ताहिक बिशेष सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम संचालन गरिएको छ। जिल्ला प्हरी कार्यलय तनहुँ र जिल्ला टा्रफिक प्रहरी कार्यलय तनहुँको संयुक्त आयोजनामा बुधबार देखि उक्त कार्यक्रम संचालन गरिएको हो ।
जिल्लाको घाँसिकुवा ,कोत्रे बजार,भन्सार चोक, भानु र आँबुखैरेनी बजार सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम संचालन गरिने जिल्ला प्रहरी कार्यलय तनहुँका प्र ना उ श्रवण कुमार वि क ले जनाकारी दिनुभयो । सवारी दुर्घटनाको दरलाई कम गरी हुनसक्ने मानवीय एवं भौतिक क्षतिलाई कम गरी सवारी दुर्घटना न्यूनीकरण गर्न, अपराधिक क्रियाकलापको रोकथाम तथा गैह्वकानूनी अबैध ओसारपसार नियन्त्रण गर्नका कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो ।