सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै अस्पतालमा कार्यरत नर्ससहितका स्वास्थ्यकर्मीहरु यतिबेला आन्दोलि;त भएका छन् ।केन्द्रीय कार्यालयको तालिका अनुसार बुधबार प्रदेश अस्पताल दमौलीका कार्यरत स्वास्थ्यकर्मी हातमा कालोपट्टी बाँधेर आन्दो;लनमा उत्रेका हुन् ।


उनिहरूले तलव वृद्धि गरी सरकारले तोकेको न्युनतम पारिश्रमिक लागु गर ,श्रम शोषण बन्द गर,हाम्रो मेहनेतको मुल्य चाहिन्छ ,नेपाली नर्स एक हौ जस्ता नारा लगाएका थिए। ।
अस्पतालको सेवा सुविधा दिन प्रतिदिन महङ्गो हुँदै गएपनि नर्सहरुको पारिश्रमिक भने वर्षौंदेखि एउटै रहेको आन्दोल;नरत नर्सहरुले बताएका छन् ।

यो तलब वृद्धिको लडाईँ मात्रै नभएर स्वास्थ्यकर्मीको सम्मान र पेसागत सुरक्षाको माग पनि भएको उनिहरुले बताएका छन् । नर्सहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल नर्सिङ संघले विरोधका कार्यक्रम जारी राखेको छ ।
गण्डकी प्रदेशका मेडिकल कलेजबाट सुरु भएको आन्दोलन देशभरीका स्वास्थ्यकर्मी आन्दोलि;त भएका छन् ।