तनहुँको आँबुखैरेनी गा पा २ एक्लेफाँट स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा माईक्रो बस दुर्घटना हुदा १३ जना घाईते भएका छन् भने एक जनाको मुत्यु भएको छ ।मुत्यु हुनेका चितवन भरतपुर महानगरपालिका १६ बस्ने ५५ वर्षय बुध माया तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङको उपचारको क्रममा मुत्यु भएको हो ।
चितवनबाट लमजुङ तर्फ जाँदै गरेको बा प्र ०३ ००१ ज ०९३७ नं को ९१४ जना सवार इभि माईक्रो बसको चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठक्कर खाई सडक छेउमा रोकी राखेको नेपाल विधुत प्राधिकरणको बा १ ञ १२८७ नं को सवारी साधनको पछाडी ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
माईक्रोमा सवार निम्न मानिसहरु घाइते भई उपचारको लागि आँबुखैरेनी अस्पताल तनहुँमा पठाइएको छ ।
१ माइक्रो चालक जिल्ला लमजुङ बेसिशहर न पा८ बस्ने वर्ष ४२ को ईश्वर कुमार श्रेष्ठ, टाउकोमा चोट, छाती ढाड दुखेको, अवस्था मध्यम ।
२ जि चितवन भरतपुर म नपा १६ बस्ने वर्ष ४५ की सान्ता माया तामाङ, टाउको र वाँया कानमा चोट, अवस्था मध्यम ।
३ ऐ ऐ वडा नं २८ लोखरी बस्ने वर्ष ४८ को कमई तामाङ, घाँटी र दाँया हातमा चोट अवस्था मध्यम ।
४ ऐ ऐ बस्ने वर्ष ४२ को गंगा बहादुर तामाङ, वाँया हातमा चोट, अवस्था सामान्य ।
५ ऐ ऐ बस्ने वर्ष ४२ की होम कुमारी तामाङ, टाउकोमा भित्री चोट, अवस्थाम मध्यम ।
६ ऐ ऐ बस्ने वर्ष १५ की रश्मी तामाङ, शरीरको वाँया भाग दुखेको अवस्था सामान्य ।
७ ऐ ऐ वडा नं। १६ बस्ने वर्ष ३७ को डोलराज तामाङ, टाउकोमा चोट अवस्थाम मध्यम ।
८ जिल्ला लमजुङ दोर्दी गा पा ४ बस्ने वर्ष २० की गंगा तामाङ, छाती र वाँया खुट्टामा चोट, अवस्थाम मध्यम ।
९ ऐ ऐ वडा नं ८ बस्ने वर्ष ६३ की मैती माया तामाङ छातीमा चोट, अवस्था मध्यम ।
१० जिल्ला नवलपरासी ९पूर्व० देवचुली नपा १७ बस्ने वर्ष ४७ की इन्द्र कुमारी तामाङ, शरीर दुखेको अवस्था सामान्य ।
११ जि चितवन भरतपुर म न पा(१६ बस्ने वर्ष ४१ की गम माया तामाङ, दुवै घुडामा चोट, अवस्था सामान्य ।
१२ ऐ ऐ बस्ने वर्ष ३० की मंगली तामाङ, शरीर दुखेको, अवस्था सामान्य ।
१३ निजको छोरी वर्ष ५ की सिर्जना तामाङ, सामान्य ।
