नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल तनहुँले सोमबार पत्रकार नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष प्रताप सिंह रानालाई सम्मान गरेको छ । रानालाई तरुण पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहमा नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीतप्रकाश आले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, र नेपाल तरुण दल तनहुँका अध्यक्ष हीरा थापाले संयुक्त रूपमा ५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । राना प्रेस युनियन तनहुँका निवर्तमान उपाध्यक्ष एवं कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता समेत हुनुहुन्छ ।

सोही अवसरमा यस अवसरमा सारथी फुड्स प्रोडक्ट (मेरो अचार)की सञ्चालिका मनिता गुरुङलाई युवा उद्यमी पुरस्कार प्रदान गरिएको थियो ।