तनहुँमा धारिलो हति;यार प्रहा;र हुँदा एक युवक सख्त घाइ;ते भएका छन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय दीपेश न्यौपाने शुक्रबार साँझ घाइ;ते भएका हुन् ।

न्यौपानेलाई शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोकमा केही युवाबिच विवाद हुँदा धारि;लो हति;यार प्रहा;र गरिएको प्रहरीले जनाएको छ  । पिठ्युमा चोट लागेका न्यौपानेलाई सुरुमा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएको थियो भने थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्र;णमा लिइएको छ ।

पक्रा;उ पर्नेमा शुक्लागण्डकी नगरपालिका–३ दुलेगौंडाका २६ वर्षीय कुमार लामा र २९ वर्षीय निशान पौडेल छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिकका अनुसार धारि;लो हति;यार प्रहा;रबाट एक जना घा;इते भएका छन् । उक्त घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक पोषण थापाको कमाण्डमा खटिएको टोलीले गरिरहेको बिकले बताउनुभयो ।

गोरखापत्र अनलाइन