तनहुँकाे ब्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा सवारी दुर्घ;टना हुदा दुई जना घा;इते भएका छन् । घाइ;ते हुनेमा माेटरसाईकल चालक जिल्ला तनहुँ ब्यास न.पा. ४ बस्ने २७ बर्षय सुवर्ण श्रेष्ठ र साेही निवासी ४६ बर्षय कल्पना श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग २०प ५२२२ नं. को मो.सा.लाई सोही दिशाबाट आउदै गरेको बा ६ च७९९ १ नं. को कारले पछाडीबाट ठक्क;र दिई दुर्घ;टना भएकाे हाे ।निजहरूकाे रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।
