व्यास नगरपालिका  २ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा ऋषु पौडेलद्वारा अक्षयकोष स्थापना गर्नुभएको छ।विद्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि पौडेलद्वारा रू एक लाख पाँच हजार रुपैयाँ अक्षयकोष स्थापना गर्नुभएको हो ।

 उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप प्रदान गरिने विद्यालयले शिक्षक गोकुल थापाले जनाकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनालले अक्षयकोष स्थापना गर्नुभएको धन्यवाद व्यक्त गर्नुभएको थियो।

पौडेले आफुले अध्यापन गराएको विद्यालयमा सहयोग गर्ने पाउँदा खुसी लागेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामनाथ रिमाललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

 पौडेल करिब २२ वर्ष उक्त विद्यालयमा अध्यापन गरेर केही वर्षअघि मात्रै अवकाश प्राप्त गर्नुभएको थियो । पौडेलको व्यास ४ स्थायी घर भएपनि उहाँ हाल काठमाडौमा बसोबास गर्दै आउनुभएको छ ।