खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको सक्रियतामा चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तीब्रता दिइएको छ । गोरखाको पालुङटार नगरपालिका र लमजुङको राइनास तथा सुन्दर बजार नगरपालिकामा बजार अनुगमन पछि सोमबार दमौली केन्द्रित भएको हो । व्यास नगरपालिका ३ की वडा सदस्य विनु श्रेष्ठसहित कार्यालयकी प्राविधिक सहायक अनुषा खरेलको टोलीले व्यास ३ शान्तिनगर क्षेत्रका खाद्य उद्योग तथा पसलहरुमा अनुगमन निरीक्षण गरी खाद्य स्वच्छता कायम बिषयमा निर्देशन दिएको हो ।

खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगरको टोलीले नवलपुर जिल्ला कावासोती तथा गैँडाकोट नगरपालिका स्थित खाद्य उद्योग, बेकरी तथा खाद्य पसलहरुमा अनुगमन निरीक्षण सम्पन्न गरेको छ । उक्त अनुगमनका क्रममा म्याद नाघेका २ हजार आठ सय बराबरका सामाग्री नष्ट गर्न लगाइएको खाद्य डिभिजन प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बजार अनुगमन कार्यलाई तीब्रता दिन थालेपछि उद्योगी तथा व्यवसायीहरुमा सचेतना आएको बताउनुभयो ।