३ करोड लगानी गरेर म्याग्दे गाँउपालिका वडा नं ७, वरभञ्याङ खर्कमा कालिज फर्म संचालन भएको छ । २२ रोपनी जग्गामा शुरु गरिएको कालिज फर्म गण्डकी कृषि फर्मका ईन्द्र प्रसाद तिवारीले संचालन गरेका हुन् । १५ महिना अगाडीवाट शुरु गरिएको कालिज फर्ममा २५०० थान कालिज रहेको छ । गाँउमा नै कृषि र उत्पादनमा लागौ भनेर कालिज पाल्न शुरु गरेको हो । केही समय पछि तरकारी पनि लगाउने सोच वनाएको छु । संचालक तिवारीले वताउनुभयो ।

कालिजको अण्डालाई ह्याचरी गरि कालिज उत्पादन गरिएको तिवारीले वताए । उत्पादन भएको अण्डा सवै यहि उत्पादन गरेका छौ । हरेक कालिजले अण्डा दिनका लागी कम्तीमा ६ महिना पर्खन पर्दछ, त्यसपछि मात्र यसले उत्पादन दिन्छ, तिवारीले वताए ।कालिजलाई दाना र स्थानिय घाँस खुवाउँदै आएको छौ । जसले गर्दा कालिज अर्गानिक र स्वादिलो हुन्छ । प्रति कालिज २ हजार ५ सयमा भाले कालिन र १ हजार ८ सयमा पोथी कालिज विक्री गर्दे आएका तिवारीले वताए । अण्डाको प्रति क्रेट ९ सयमा विक्री हुन्छ । दैनिक ४ हजार वरावरको दानामा खर्च भएको वहाँले वताए । फर्ममा दैनिक १५०० सम्म अण्डा उत्पादन हुनेछ ।

कृषकलाई अनुदानका क्रममा पुगेका गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले सो गण्डकी कृषि फर्मको अनुगमन गरेका थिए । गरेमा सवै थोक हुन्छ, यसका लागी गर्ने आत्माविश्वास र हिम्मत चाहिन्छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागी पालिका सदैव तत्पर रहेको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए ।

२२ रोपनी जग्गामा शुरु गरिएको कालिज फर्ममा अण्डा र कालिज खरिदका लागी फर्ममा नै आउने संचालकले वताए । ठुलो लक्ष्यका साथ काम गरिएको हुदाँ अझ वढि लगानी गर्ने सोच छ । अव कृषि फर्म पनि शुरु गर्ने योजना रहेको उनले वताए । सम्वन्धित निकायले व्यवसायिक रुपमा कृषि र व्यवसायिक फर्मका लागी सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने पनि तिवारीले वताए ।