व्यास नगरपालिकाका हाकिम हरिराम नागिला र कर्मचारीबीच भाँडभैलो मच्चिएको घट्ना सार्वजनिक भएको छ । साउन महिनामा सरुवा भएर व्यासमा आएका नागिलाले छोटो अवधिमा केही राम्रा कार्य गर्न सफल भएका थिए । उनले कार्यालयमा सुशासन कायम गर्न, कार्यालयमा हुने खर्चलाई कटौती गर्न कडाई गर्दै आएका थिए । कुशल कार्यशैली भएपनि नागिलाको बोलीचालीमा कडा स्वभाव भएका कारण कर्मचारीहरु रुष्ट हुदै आएको स्रोतबाट खुल्न आएको छ । प्रमुख प्रशासकीय अधिकृत नागिलाको व्यवहारले तल्लो तहका कर्मचारी मात्रै नभई माथिल्लो पदका कर्मचारी समेत रुष्ट हुँदा यस किसिमको समस्या आएको बताइएको छ ।

व्यासका चालक,सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारी धेरै रुष्ट भएको समेत खुल्न आएको छ । फिल्डमा गएका चालकले भत्ता लिदै आएपनि त्यसलाई कटौती गर्ने,मेयर उपमेयर जाउँ भनेपछि गाडी लिएर जानै पर्यो आउँदा ढिलो भयो भनेर हाजिरमा रातो लगाउने  लगायतका कार्यले कर्मचारी रुष्ट हुन पुगेको बताइएको छ । तल्लो तहका कर्मचारी रुष्ट हुँदासम्म हामीले धान्दै आएका थियौ । व्यासका एक अधिकृतले भने,पछिपछि अधिकृत तहका कर्मचारीलाई पनि डस्न थालेपछि  हाकिम नागिलालाई कर्मचारीको साथ र सहयोग नरहेको हो । कार्यालयका सूचना अधिकारी कुमार कञ्चन जिसीसंग पनि झगडै भएछ,चालकहरु पनि रुष्ट भएका रहेछन् । कर्मचारीलाई तथानाम गाली गर्ने प्रवृत्तिले यस किसिमको बिवाद हुन पुग्यो,यो दुखद् पक्ष हो उनले भने ।  
व्यासमा कार्यरत १२२ कर्मचारीमध्ये ११७ जना कर्मचारीले रुष्ट प्रकट गर्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई निवेदन  दिएको व्यासका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिए ।  कर्मचारी र हाकिम बीच मनमुटाब रहेछ,कर्मचारीले गुनासो छ एकदिन बस्न पर्र्यो भनि खवर गर्दा नआएपछि कर्मचारी आक्रोशित भएको व्यासका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिए । हाकिमको नेमप्लेट हटाएकोबारे आफुलाई कुनै जानकारी नभएको पनि उनले बताए । शाखा प्रमुख,डाइभर लगायतका कर्मचारी रुष्ट भएका रहेका छन् उनले भने ।

नागिला व्यासमा आएपछि कर्मचारीलाई समयमा कार्यालयमा हाजिर हुनुपर्ने,व्यासमा भएको बेरुजुलाई शुन्यमा झार्ने अभियानमा कडाई गरेपछि  केहि कर्मचारी नागिलासंग रुष्ट हुदै आएको स्रोतले बतायो । नागिला आएपछि वडामै गएर योजना सम्झौता गर्ने, एकिकृत घुम्ति सेवा शिविर, पालिका र सबै वडामा फ्रि हेल्थ डेस्क स्थापना गर्ने, अनलाईन कर भुक्तानी, ड्रेसकोडको पालनामा कडाई, कार्यालय समयको पालनामा कडाई गर्नु हाकिम नागिलाको सकारात्मक पक्ष रहेको छ । 

आक्रोशित कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको नाम र पद भएको नेमप्लेट फ्याँकिदिएका थिए ।  हाकिम र कर्मचारीबिच केहि मनमुटाव भए सल्लाह गरेर समाधान गर्नुपर्नेमा एउटा जिम्मेवार राष्ट्रसेवक कर्मचारीको नेमप्लेट नै झिकेर फ्याँकने, ढोकामा छिर्न नदिने, साँचो लगाउने कार्य चित्त बुझ्दो नभएको व्यासका एक कर्मचारीले  बताए ।

बौद्धिक क्षेत्रका कर्मचारीमा अलिकति पनि अनुशासन भन्ने नदेखिएको ती कर्मचारीले भने । म पनि कर्मचारी हुँ तर जनताको करबाट तलब खाएपछि जनताको काम गर्नुपर्छ नि मनपर्दी गर्न पाईएन,उनले भने,आफुलाई मन लागेको समयमा आउने र आफुलाई लगाउन मन लागेको लुगा लगाएर अफिस आउन पाईएन भनेर रडाको मच्चाउने कार्य गर्न  मिल्छ र ?  हाकिमले केही सुधारका काम गर्दै थिए गर्न दिइएन् ती कर्मचारीले आक्रोश हुदै भने ।

हाकिम साहबको शैली कडा भएका कर्मचारीले मर्यादा र स्वाभिमान खोज्छन्,बोलीचाली शैलीमा सम्मानित भाषा प्रयोग होस भन्ने चाहन्छन् । मकहाँ कर्मचारीको निवेदन आएपनि दर्ता नगरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । हाकिम साहेब काठमाण्डौ जानुभएछ । मैले बिहान फोन गर्दा काठमाण्डौ हिडे भन्ने जानकारी पाएको उनले बताए ।  मानवीय व्यवहार भएन्,हाकिम साहेबसंग काम गर्न सकिएन भन्ने गुनासो कर्मचारीहरुको व्यापक रहेको नगरप्रमुख न्यौपानेले  बताए ।
व्यासमा फर्किन्छन् त हाकिम साब ?
व्यासका प्रमुख प्रशासकीय अधिकृत नागिलाले आफ्नो सामान लिएर काठमाण्डौ गएको जानकारी पाएको ती अधिकृत कर्मचारीले बताए । अव आउने नआउने बिषयमा जानकारी छैन् । उनले भने, हाकिम साब व्यासमा आउँदा अस्थायी मनस्थिति बनाएर आएको बुझियो । एक दुई बर्ष पनि बस्ने मनसाय देखिएको थिएन,उनले भने,मौका मिले अन्यत्रै सरुवा हुने उहाँको मनसाय देखिन्थ्यो । सबै कर्मचारीलाई हात लिन नसकेपनि केही कर्मचारीलाई हाता लिएर काम गरेको भए राम्रै हुनि थियो । कर्मचारी बीच भएको मनमुटाब मेयर,उपमेयर र कर्मचारी बसेर मिलाउन पनि सकिन्थ्यो,एक कल फोन पनि नगरी काठमाण्र्डौ जानुभएछ,ती अधिकृत कर्मचारी भने ।