व्यास ५ कन्टार स्थित ग्रीन स्टार बोर्डिङ स्कुलले २०८१ सालकाे एस ई ई परिक्षामा सय प्रतिशत विद्यार्थी पास गर्न सफल भएकाे छ । स्कुलले शुक्रबार एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे ।

साे कार्यक्रममा प्रमुख आतिथि व्यास ५ का वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठ रहनु भएकाे थियाे । साे अवसरमा बाेल्दै उहाँले विद्यार्थीहरूलाई आगामी दिनमा थप सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रम स्कुलका प्रिन्सिपल विश्ववेर खनालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।