व्यास १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस र पम्पाज एजुकेशनको सहकार्यमा एक दिने निःशुल्क लोकसेवा करियर काउन्सेलिङ कार्यक्रम हुने भएको छ । यही असार २० गते, विहान ७ः१५ बजे देखि क्याम्पस परिसरस्थित सभाभवनमा सो कार्यक्रम आयोजना गरिने भएको हो।
कार्यक्रम सम्पूर्ण तनहुँवासी , लोकसेवा तथा शिक्षक सेवा तयारीमा रुचि राख्ने विद्यार्थीहरूका लागि निःशुल्क रुपमा खुल्ला गरिएको छ ।
उक्त कार्यक्रममा सामान्य ज्ञानको विस्तृत जानकारी, लोकसेवा तथा शिक्षक सेवा तयारी कसरी सुरु गर्ने लगाएतको विभिन्न विषयका प्रक्षिण गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जनाकारी दिनुभयो । कार्यक्रममा विगत लामो समयदेखि प्रशिक्षण क्षेत्रमा समर्पित प्रशिक्षक दिपक कुमार शाहद्वारा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार लोकसेवा तथा शिक्षक सेवा सम्बन्धी हालको पाठ्यक्रम, तयारी विधि, रणनीति तथा अवसरहरूको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरू मात्र नभई सम्पूर्ण इच्छुक व्यक्तिका लागि खुला रहेको आयोजक संस्थाले जनाएको छ । इच्छुक सहभागीहरूलाई तोकिएको समयमा उपस्थित भई कार्यक्रमको लाभ लिन क्याम्पसले आमन्त्रण गरेको छ ।
