भानु नगरपालिकाको आयोजना तथा सिद्ध गुफा ड्राइभिङ्ग प्रशिक्षण केन्द्र प्रालि बिमलनगरको संयोजनमा सञ्चालित १ महिने हलुका सवारी साधन तालिम सम्पन भएको छ । जेठ १८ गतेदेखि २०८२ असार १७ गतेसम्म सञ्चालन गरिएको तालिम बुधबार सम्पन गरिएको हो ।


तालिम सम्पन्न पश्चात् भानु नगरपालिका प्रमुख आनन्द राज त्रिपाठीले आयोजित समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सिप सिकौं, आत्मनिर्भर बनौं, भन्ने नारासहित सञ्चालित यस तालिमले स्थानीय युवालाई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको बताउनुभयो ।
उक्त तालिममा १३ वटा वडाबाट १३जना सहभागीले सवारीसाधन चलाउने व्यावसायिक सीप हासिल गरेका छन्।

