अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरेले आगामी वर्षको बजेट विनियोजिनमा अठार बुदे माग गर्नुभएको छ । सोमबार उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत स्थानिय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा क्षेत्रमा निम्न उल्लेखित बिषयहरु व्यवस्था गर्न माग गर्नुभएको हो ।
उहाँले शिक्षामा न्युनतम २० प्रतिशत बजेट विनियोजित गर्नुपर्ने बताउनुभएको छ ।
घिमिरेले निम्म अनुसार अठार बुदे माग सन्जालमा गर्नुभएकाे हाे ।
१) शिक्षामा न्युनतम २० प्रतिशत बजेट विनियोजित गरियोस् ।
२) विद्यालयमा आवश्यकता र औचित्य आधारमा बजेट विनियोजन गरियोस् ।
३) विद्यार्थी प्रतिभा पहिचानको लागी बजेट प्रबन्ध गरियोस् ।
४) विद्यार्थी पढ्दै कमाउदै नीति अवलम्बन गरि बजेटको व्यवस्था गरियोस् ।
५) निस्शुल्क शिक्षा व्यबहारमा लागू हुने गरि बजेट व्यवस्था गरियोस् ।
६) मन्टेश्वरी र विषयगत तालीमको लागी बजेट व्यवस्था गरियोस् ।
७) इमान्दार ,मिहिनेती ,लगनशील र आफ्नो विषयमा शत प्रतिशत उत्तीर्ण गराउने भ्ऋम् शिक्षक,शिक्षक र विद्यालय कर्मचारी सम्मानित हुने वातावरण मिलाइयोस ।
८) विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) र इ सि डि शिक्षक सङ्घीय सरकारले दिदै आएको तलव भत्ता अलवा स्थानीय सरकारले दिदै आएको रकम निरन्तर हुने व्यवस्था मिलाइयोस।
९)स्थानीय स्तरमा शैक्षिक महोत्सवको लागी बजेटको व्यवस्था गरियोस् ।
१०) स्थानीय तहले नियुक्ति गरिएका स्वमसेवक शिक्षकको दशै भत्ता र पोशाक व्यवस्था हुने गरि बजेट विनियोजित गरियोस् ।
११) मा वि तहमा नर्स र खेलकुद शिक्षक प्रबन्ध हुने व्यवस्था मिलाइयोस।
१२)वडामा नमूना विद्यालय घोषणा गरि सोही अनुसार बजेट व्यवस्ता गरियोस् ।
१३) प्र अ लाई कम्तिमा रु ५००० भत्ताको व्यवस्था गरियोस् ।
१४) सस्थागत र सामुदायिक विद्यालयका नीजी शिक्षक श्रम शोषण नहुने प्रबन्ध मिलाइयोस ।
१५) कथित दरबन्दी मिलानको नाममा शिक्षक तथा कर्मचारीलाई हतोत्साहित र निरुत्साहित हुने वातावरण बन्द गरियोस्
१६) स्थानीय पाठ्यक्रम कार्यान्वयन लागी रकम व्यवस्था मिलायोस ।
१७) विद्यार्थीलाई शैक्षिक भ्रमण ,खेलकुद सामग्री र शैक्षिक सामग्री खरिदको रकम व्यवस्था गरियोस् ।
१८) विद्यालय अनुगमनका लागी आवश्यक बजेट व्यवस्था गरियोस् ।
