६ करोड लगानीमा लेयर्स पोल्टी फर्म संचालन ९ वर्ष अगाडीदेखि लेयर्स पोल्टी फर्म संचालन गरेको अमृत थापा र गुरु प्रसाद पौडेलले हालसम्म फर्ममा ६ करोड वढि लगानी गरेका छन् । म्याग्दे गाँउपालिका वडा नं ६ को धैरेनीमा त्रिदेव पोल्टी फर्म संचालन गरेका थापाको फर्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन् । हाल लेयर्स पोल्टी फर्मवाट १९ हजार कुखुरा वाट दैनिक १५ हजार उत्पादन गर्दे आएको थापाले आफनो फर्ममा ९ जनाको परिवारलाई रोजगारी दिएका छन् । व्यावसाय संचालन गर्दा माशिक ३५ लाख खर्च हुने थापाले वताए । १९ हजार कुखुरालाई दैनिक खर्च भनेको कम्तिमा १ लाख २० हजार हुन्छ । आम्दानी जति सवै लगानीमा खर्चेर व्यवासाय वृद्धि गरेको छु, थापाले भने । हालसम्म ६ वटा कुखुरा फर्म राखेर व्यवसाय संचालन गरेको थापाले ५३ रोपनी जग्गामा व्यवसाय गरेका हुन् । फर्ममा सवैभन्दा ठुलो समस्या भनेको ढुवानी हो, वाटो राम्रो नहुदाँ ढुवानीले ठुलो खर्च आएको थापाले वताए । म्याग्दे गाँउपालिकाका अध्यक्ष लगायतको अनुगमनको टोली पुग्दा व्यवसायको लागी वाटो सवैभन्दा समस्या भएको वताए । चितवन र पोखरावाट कुखुराका लागी दाना खरिद हुन्छ, तर यहाँँसम्म ल्याउनका लागी टयाक्टरको प्रयोग गर्नुपर्दछ, त्यसले गर्दा खर्च वढेको समेत वताए ।

अण्डा निर्यात पोखरा, काठमाण्डौ र चितवनमा हुन्छ । स्थानिय वजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैन । अण्डा निर्यात र विक्रीमा कुनै समस्या छैन, थापाले भने । लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुदाँ अव चल्ला उत्पादन, अण्डा उत्पादनमा सम्पुर्ण ज्ञान भईसकेको हुदाँ कुखुरालाई हुने समस्या समाधान आफैले गर्ने वताए । कुनै पनि रोग लागेमा त्यसको पहिचान र समाधान समेत आफै गर्दे आएको छु । जसले गर्दा जोखिम कम हुने र आफुले समस्या समाधान गर्न नसकेमा मात्र वाहिर सल्लाह लिने थापाले वताए । अविनाश हाई लाईन नेपाल चितवन वाट चल्ला ल्याउदै आएको छु । सकेको उपचार आफै गर्दछु, नसके अविनाश हाई लाईनले सेवा दिने समेत वताए । चल्ला हुर्काउन अत्यन्त जोखिम छ, निश्चित तापक्रम दिनुपर्दछ, यसका लागी खट्नुपर्दछ ।

अथक मेहनत र परिश्रम भएता पनि यो व्यवसाय वाट खुशी छु, थापाले भने । फर्ममा भएको कुल कुखुरा मध्ये ८० प्रतिशतले अण्डा दिन्छ । दिनमा १५ हजार अण्डा उत्पादन हुने हुदाँ अण्डा खरिदका लागी वाहिरवाट आँउछ, विक्रीको लागी भौतारिन पर्ने समस्या छैन, थापाले भने । लामो समयदेखि आवद्ध भएको हुनाले फर्ममा नियमित कर्मले आफुलाई सन्तुष्टि मिलेको छ । व्यवसाय गरेपछि आम्दानी त स्वत हुन्छ नै त्यो भन्दा वढि मलाई आत्मासन्तुष्टि छ, थापाले भने ।