नेपालमा रोजगार को सम्भावना नदेखेपछि कुवेत हानिएका वम वहादुर थापा विदेशमा १६ वर्ष व्यतित गरे । विदेशमा राम्रो कमाई हुदाँ हुदै पनि नेपालमा आएर परिवार सँगै स्वदेशमा नै केही मनसाय राखेर फर्किएका वम वहादुरले लाङघाली कृषि फर्म फर्म खोलेर वसेका छन् ।
विदेशमा हुदाँ सधै नेपालमा गएर केही गर्ने हुटहुटी जागेको वलवहादुरले आफनै जग्गामा १५ लाख लगानी गरेर वंगुर फर्म संचालन गरेका छन् । कति अर्काको देशमा श्रम वेच्ने ? घरपरिवार सँग टाडिएर वस्ने वाध्यतालाई विट मार्दे आएका थापाले करिव १० रोपनी जग्गामा वंगुर फर्म खोलको छन् ।
आजभन्दा डेढ वर्ष अगाडी म्याग्दे गाँउपालिका वडा नं ४, सिस्नेरीमा वंगुर फर्म खोलेका थापाको फर्ममा अहिले ३३ वटा वंगुर रहेको छ । वंगुरको स्याहार सुसारमा आफु र आफनो परिवार खटदै आएको थापा दम्पतिले अहिले वंगुर पालनमा वजारको समस्या देखेका छन् । आफनो मासु वेच्ने पसल नहुदाँ अरुले वंगुरको भाउ नदिने गरेको गुनासो थापाले गाँउपालिकावाट गएको अनुगमन टोली सँग राखे ।
हामी उत्पादन गर्न सक्दछौ, तर उत्पादित भएको वंगुरको वजार नहुँदा कृषकहरुलाई मार परेको छ । लाखौ लगानी गरेर फर्म संचालन गरियो तर वंगुर पालक कृषकले वंगुर वेच्न समस्या छ । वंगुर ठुलो हुदै जाँदा कहाँ वेच्ने समस्या हुन्छ, वेचेता पनि मुल्य नहुने अर्को समस्या हो । धेरै पालेर पनि वंगुर अरु ठुलो नहुने, झन झन खर्च मात्र वढ्ने, तर विक्री गर्न विचौलियाले मुल्य नदिने समस्या छ, थापाले गुनासो पोखे ।
वंगुरको पाठा पाठी विक्री गर्ने गरेता पनि अन्य स्थानवाट आयात हुने पाठा पाठी सँग प्रतिष्पर्धा गर्न नसक्दा व्यावसाय प्रति नै नैराश्यता छाउन थालेको छ । विगतमा प्रति पाठा पाठी ७ हजार ५ सयमा विक्री हुन्थ्यो, अहिले आएर ६ हजारमा वेच्नु पर्ने वाध्यता छ, थापाले भने । तिव्र प्रतिष्पर्धा हुने, दानापानीको मुल्य वढ्ने तर वंगुरको मुल्य घटाएर वेच्नुपर्ने वाध्यतामा हामी छौ, पालिकाले यसमा वजारको व्यवस्थित गरिदिनु पर्यो ।
अनुगमनका क्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ वास्तविक कृषक पहिचान गर्न, गुनासो सुन्न र समस्याका समाधानका लागी निरिक्षणमा आएको वताए । कृषि र उत्पादन विना परिवर्तन सम्भव नहुने हुदाँ कृषकलाई पालिकाले सक्दो सहयोग गर्ने वताए । वजारको प्रतिपष्र्धाले कृषकलाई अफटयारो परेको छ, त्यसलाई न्युनीकरण गर्न पालिका गम्भिर छ, यसका लागी हामी लागिपरेका छौ, अध्यक्ष श्रेष्ठले भने ।