तनहुँको व्यास नगरपालिकाले वैशाख १४ गतेदेखि पठन–पाठन सुरू गर्न सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुक्रबार एक विज्ञप्ती जारी गर्दै शिक्षकहरूको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरू हुनुपर्ने विद्यार्थी भर्ना अभियान प्रभावित भएको भन्दै नगरपालिकाले १४ गतेपछि विद्यार्थी भर्नासँगै पढाइ सुरू गर्न अनुरोध गरिएको हो।
यतिबेला देशभरका शिक्षकहरू विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा छन्।