तनहुँको ऋषिङ्ग गाँउपालिका ३ दुवुङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । ह्दय आरोग्य नेपाल काठमाडौँ ,प्रदेश अस्पताल दमौलीको आयोजनामा चैत ३० गते सो शिविर सम्पन भएको थियो । मोहन बतास फाउन्डेसन र ऋषिङ्ग गाँउपालिकाको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको फाउन्डेसनका सचिव र्सजन थापा मगरले बताउनुभयो ।
ऋषिङ्ग गाँउपालिका ३ का वडाअध्यक्ष भिम बहादुर थापाले संस्थाले निःशुल्क स्वास्थ्य शिविर लिएर आएमा धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै वडावासीलाई निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभएको थियो ।
ह्दय आरोग्य नेपालका प्रमुख डा सन्दिप पाण्डेले निःशुल्क स्वास्थ्य शिविरले यस क्षेत्रका बिरामीका लागि ठूलो मद्धत पुग्ने बताउनुभयो ।
उक्त शिविरमा १ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरका लागि प्रदेश अस्पताल दमौलीका चिकित्सक र नर्स स्थानीय महिला स्वास्थ्य स्वयंसेविका लगाएतका खटिएको थिए।
मोहन बतास फाउन्डेसनले बिभिन्न क्षेत्रमा सहयोग पुराउदै आएको छ । स्थापना कालदेखि नै सामाजिक कार्यमा सकृय संस्था हालसम्म बिधालय , क्लब, आमासमुह, मठमन्दिर , सरकारी तथा गैर सरकारी कार्यलय लगाएत थुप्रै क्षेत्रमा सहयोग गर्दै आएको पाईएको छ । फाउनडेसनका संस्थापक अध्यक्ष मोहन काजी बतास दमौली स्थाई घर भई हाल हङ्कङमा कार्यरत हुनुहुन्छ ।