तनहुँमा आमाले आफ्नै ४ महिनाको बच्चालाई ढुंगा प्रहार गरी हत्;या गरेकी छन् । हत्या आरोपमा नवलपरासी बैदिकाली गाँउपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारलाई प्रहरीले पक्रा;उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार कमला सोमबार तनहुँको घिरिङ गाउँपालिका-४ थामडाँडास्थित माइतीघर आइरहेकी थिइन् ।  साँझ करिब ७ बजेको समयमा भीमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडक खण्डमा उनले आफ्नै ४ महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गा;ले हानी गम्भी;र घाइ;ते बनाएकी थिइन् ।

स्थानीयले घाइ;ते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा सोमबार राति साढे ९ बजेको समयमा मृत्;यु भएको प्रहरी नायव निरीक्षक थापाले बताए । कमलालाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएको थियो । 

कमलालाई कर्तव्य ज्या;न मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।