डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घ;टना हुँदा दुई जनाको मृत्;यु भएको छ। बाह्र जना घाइ;ते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोक थापाले जनाकारी दिनुभयो।
आइतबार मध्यान्ह तनहुँको डुम्रेबाट लमजुङतर्फ आइरहेको बा २ ख ४०२२ नम्बरको हाइस माइक्रोेबसले बेसीसहरबाट गइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटरलाई ठक्सकर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्;यु भएको थापाले बताउनुभयो।
दुर्घटसनामा माइक्रोमा सवार मनाङको नासों गाउँपालिका ताचै स्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको मृत्;यु भएको छ। दुर्घटनामा गम्भीर घाइ;ते घलेको सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्;यु भएको हो।
प्रहरीका अनुसार स्कुटर चालक अन्दाजी ४० बर्षीय सुरेश श्रेष्ठ गम्भिर घाइ;ते हुनुभएको छ। उहाँलाई भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ। घाइ;ते ७ जनाको भोटेवडार अस्पतालमा उपचार भइरहेको र तीन जनालाई चितवन लगिएको दुर्घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ। ।
