तनहुँको बन्दीपुरमा संचालित र निर्माणाधीन बन्दीपुर केवलकार एंड टुरिज्म लिमिटेडले पत्रकारहरुलाई सामाजीक शसक्तिकरणको लागी उद्यमशिलता प्रवर्द्धन गर्नको लागी प्रेरित गर्न स्थापित “बन्दीपुर केवलकार उद्यमशिल पत्रकारिता पुरस्कारू अन्तर्गत यस आर्थिक वर्षको लागी तनहुँ जिल्लामा रहेर उद्यमशिलताको विषयमा शसक्त कलम चलाउने तिनजना पत्रकारहरु छनौट भएका छन्। कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तिन जना पत्रकारहरु छनौट गरि संचालक समिति समक्ष शिफारिस गरेको छ।
 समितिको प्रतिवेदनलाई संचालक समितिले स्वीकृत गरि २०८२ साल बैशाख ६ गते हुने चौथो साधारण सभाको अवसरमा सम्मान र पुरष्कृत गर्ने निर्णय गरेको छ। सम्मानित हुने पत्रकारहरु नेपाल पत्रकार माहासंघ तनहुँका अध्यक्ष एवं रेडियो बन्दिपुरका स्टेसन म्यानेजर  डिपि अधिकारी, महासंघका पूर्व अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक  प्रकाश चन्द्र भट्टराई र महासंघका पूर्व उपाध्यक्ष एवं जनचाहना खबरका साने बाहादुर नेपाली रहनु भएको छ । उहाँहरुलाई जनही ५१ हजार र दोसल्ला सहित प्रत्येक पत्रकारहरुलाई सम्मानित गर्ने भएको हो ।
साधारणसभा तथा पुरस्कार वितरणको अवशरमा तनहुँ  क्षेत्र नम्बरको १ का  प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले, रास्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रदेश सभा सदस्य  हरि बहादुर चुमान र अन्य विशिष्ट अथितीहरुले पुरष्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत डा। रोमन मान श्रेष्ठले बताउनु भयो ।
 बन्दीपुरहिल गुरुयोजना नाम दिएको यस परियोजना १५५ हिस्सा संचालनमा आईसकेको र २ वर्ष भित्र समग्र बन्दीपुरहिल ६ अर्ब २९ करोडको गुरुयोजनालाई पुर्णता दिन खोजिएको गुरु योजनाका अध्यक्ष रामचन्द्र शर्माले बताउनु भएको छ।