व्यास क्षेत्रकाे धार्मिक प्रचारप्रसार एवं वैदिक सनातन धर्मकाे रक्षा गर्ने उदेश्यले व्यास नगरपालिका ३ व्यास गुफामा गंगा आरती सुरू गरिएकाे छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयकाे आयाेजना एवं व्यास ३ काे आर्थिक सहयाेगमा शुक्ला माहेन्द्री गंगा आरती प्रारम्भ गरिएकाे हाे । गंगा आरतीकाे प्रारम्भ कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्याैपानेले गंगा आरतीले व्यास क्षेत्रकाे प्रचारप्रसारमा सहयाेग पुग्ने बताए। उनले सबैकाे साथ र सहयाेगबाट व्यास क्षेत्रमा विकास निर्माण एवं प्रचारप्रसार गर्न सहयाेग पुग्ने बताए ।

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा
शान्ति स्वरूपानन्द दामाेदर बाबा, व्यास अध्येता काशीनाथ न्याैपाने, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ ,भारतबाट आएका सन्त प्रेमानन्द यति, जिल्ला समन्वय समिति तनहुँका पुर्व उपप्रमुख पवित्रा पाैडेल, व्यास ३ का वडाध्यक्ष अनुप राना, व्यास ३ का वडा सदस्य दघिराज घिमिरे, व्यास क्षेत्र शिवपाञ्चायन विकास काेषका अध्यक्ष प्रेमप्रकाश भट्टराई, वेदानुयायी प्रतिष्ठानका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष ऋषिराम त्रिपाठी लगायतले गंगा आरतीलाई निरन्तरता दिन आवश्यक रहेकाे बताए । प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष ऋषिराम ढुंगाना स्वागत गरेकाे कार्यक्रमकाे सहजिकरण सचिव सत्यप्रसाद खनालले गरेका थिए । तीन जनाले संयुक्त रूपमा दैनिक रूपमा आरती गर्ने व्यवस्था मिलाईएकाे आयाेजकले जनाएको छ ।

मंगलबारकाे आरतीकाे लागि व्यास ३ का वडा सदस्य दघिराज घिमिरे छाेराकाे जन्मदिन र आमाकाे स्मृतिमा गंगा आरतीमा सहयाेग गर्ने बताईएकाे छ । बुधबारकाे लागि दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष वुद्दिमान श्रेष्ठले सहयाेग गर्ने कार्यक्रममा जानकारी दिईएकाे थियाे । उक्त गंगा आरतीकाे लागि व्यास नगरपालिका वडा नं. ३ बाट १ लाख ४० हजार, व्यास नगरपालिकाबाट बत्ति विस्तारका लागि रू १ लाख ५० हजार सहयाेग प्राप्त भएकाे बताईएकाे छ ।