महिला उद्यमी संघ नेपाल तनहुँको अध्यक्षमा पुनः निर्मला मल्ल सर्वसम्मत रूपमा चयन हुनुभएको छ । बुधबार दमौलीमा सम्पन्न चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
प्रथम उपाध्यक्षमा तुलसी शाह, द्वितीय उपाध्यक्षमा बेलु श्रेष्ठ, महासचिवमा सरस्वती श्रेष्ठ ‘सरू’, सचिवमा मञ्जु थापा र कोषाध्यक्षमा आशा बानियाँ चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा कमला सिग्देल, सपना श्रेष्ठ, मुन्नी खातुन, सुनिता चन्द , गङ्गा श्रेष्ठ, विष्णु थापा र मुना कालिराज बि के चयन हुनुभएको हो।
त्यस्तै गरि सल्लाहकारमा सरिता भण्डारी र सल्लाहकारमा राधिका परियारलाई मनोनित गरिएकोको छ।
